राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. सैंजुको ८३ वर्षको उमेरमा निधन

भक्तपुर न्यूज

१५ कार्तिक २०८१ १२:५४

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. सैंजुको ८३ वर्षको उमेरमा निधन

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगसम्बन्धी समस्या झेल्दै आएका सैंजुको सानेपास्थित आफ्नै निवासमा बुधबार निधन भएको उनकी छोरी मीता प्रधानले जानकारी दिएकी छिन् ।

उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोग सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए । सुप्रबल गोरखा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रबल त्रिशक्तिपट्टबाट उनी सम्मानित थिए ।

पूर्वराजदूत सैंजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी १ सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । उनका श्रीमती, एक छोरा, एक छोरी छन् । उनको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *