नेपाल–भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्छ: वामदेव गौतम

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १६:३८

नेपाल–भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्छ: वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफलका क्रममा उनले यस्ताे बताएका हुन्।

उनले नेपाल–भारत खुला सीमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरू भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सीमानामा पर्खाल लगाउनुपर्ने बताए।

उनले भने, ‘नेपालमा उत्पादन भएको वस्तु भन्सार नतिरिकन खुला सीमानाबाट भारततिर गएको छ। भन्सारबाट मात्रै जाने व्यवस्था गरौँ, पर्खाल लगाऔँ। नेपाल भारतको बिचमा तार लगाऔँ। खुला सिमाना बन्द गर। मेरो आजको प्रस्ताव यही हुन्छ। नेपाल–भारत सीमाना बन्द गर। भिसा प्रणाली लागू गर।’

उनले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर काम गरिरहेका आरोप लगाएर

उनले भने, ‘यो सरकारको असक्षमता हो । यहाँ सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरुसँग मिलेर यो सबै काम गरिराखेका छन्। र कहिल्यै पनि समाधान नहुने गरी समितिमा विषय पठाइदिन्छन्।’

उनले ५०/ ६० वर्षदेखि सिमाना बन्द नहुँदा नेपालका कयाैँ मानिसहर मारिएकाे बताए।

उनले भने, ‘भारततिरबाट नेपालतिर पसेर कयौँ मानिस मारिएका छन्। नेपाली जनता मारिएका छन्। त्यो खुला सीमाना प्रयोग गरेर काठमाडौँ रहेका मानिसलाई पक्रेर भारतले लिएर जान्छ। हामी पछि थाहा पाउँछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *