काठमाडौं महानगरले साफ च्याम्पियनसिप फाइनलको लाइभ देखाउने

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १३:१४

काठमाडौं महानगरले साफ च्याम्पियनसिप फाइनलको लाइभ देखाउने

काठमाडौं । साफ महिला च्याम्पियनसिपको आज हुने फाइनल खेलको काठमाडौं महानगरले तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

नेपाल र बंगलादेशबीच हुने खेलको टुँडिखेल, चाबहिल गणेशस्थान र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी जनाएको हो । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनल प्रवेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *