काठमाडौं महानगरले साफ च्याम्पियनसिप फाइनलको लाइभ देखाउने
काठमाडौं । साफ महिला च्याम्पियनसिपको आज हुने फाइनल खेलको काठमाडौं महानगरले तीन ठाउँमा लाइभ देखाउने भएको छ ।
नेपाल र बंगलादेशबीच हुने खेलको टुँडिखेल, चाबहिल गणेशस्थान र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी जनाएको हो । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनल प्रवेश गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
