नेपालका विजय सिंजालीले जिते कांस्य पदक

भक्तपुर न्यूज

११ कार्तिक २०८१ १२:४१

नेपालका विजय सिंजालीले जिते कांस्य पदक

काठमाडौं । जापानमा भइरहेको उसु थाउलो विश्वकप २०२४ मा नेपाली उसु खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन् ।

आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।

मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जितेका छन् । विजयको इभेन्टमा कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

थाउलो विश्वकपपा नेपालबाट विजयसहित ५ खेलाडी सहभागी छन् । जसमा विजयले मात्र हालसम्म पदक जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *