नेपालका विजय सिंजालीले जिते कांस्य पदक
काठमाडौं । जापानमा भइरहेको उसु थाउलो विश्वकप २०२४ मा नेपाली उसु खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन् ।
आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।
मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जितेका छन् । विजयको इभेन्टमा कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
थाउलो विश्वकपपा नेपालबाट विजयसहित ५ खेलाडी सहभागी छन् । जसमा विजयले मात्र हालसम्म पदक जितेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
