महिला टी–२० विश्वकप क्रिकेटमा खेलमा भारत र दक्षिण अफ्रिका विजयी
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा भारत र दक्षिण अफ्रिका विजयी भएका छन् । समूह ‘ए’ को खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले हराएको छ ।
भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर पाँच बलमा ९० रनमै अलआउट भयो । त्यसअघि दुबईमा टस जितेर पहिला व्याटिङ गरेको भारतले तीन विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।
यस्तै हिजै भएको समूह ‘ए’ को अर्को खेलमा दक्षिण अफ्रिकाले स्कटल्याण्डलाई ८० रनले हराएको छ । दक्षिण अफ्रिकले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १७ ओभर पाँच बलमा ८६ रनमा अलआउट भयो ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । महिला टी–२० विश्वकप क्रिकेटमा आज बङ्गलादेश र वेस्ट इन्डिजबीच खेल हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३