शुक्रबार रिलिज भएको फिल्म ‘सानो संसार’ को प्रदर्शन स्थगित
काठमाडौं । गत शुक्रबार रिलिज नेपाली फिल्म ‘सानो संसार’ को प्रदर्शन स्थगित गरिएको छ। आइतबारदेखि फिल्मको प्रदर्शन स्थगित गरिएको हो।
निर्माता अर्जुन कुमार र माधव वाग्लेले विज्ञप्ति जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण प्रदर्शन स्थगित गर्नुपरेको जनाएका छन्। यस्तो निर्णयबाट दर्शमलाई परेको असुविधाप्रति निर्माताले क्षमा समेत मागेका छन्। निर्माता अर्जुन कुमारले फिल्मलाई छिट्टै प्रदर्शनमा ल्याइने बताए।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको ‘सानो संसार’ मध्यमवर्गीय परिवारको कथामा बनेको फिल्म हो। यसमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ। साथमा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३