दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर घाइते
काठमाडौं । दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर घाइते भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको हातमा चोट लागेको छ। उक्त जानकारी फिल्म ‘देवरा’ टिमले दिएका हुन्।
‘केही दिनअघि एनटिआर जिममा वर्कआउट गरिरहेको बेला उनलाई चोट लागेको छ। हाल उनको हातमा प्लास्टर गरिएको छ। तर घाइते भए पनि उनले देवराको छायांकन सकाएका छन्,’ विज्ञप्तिमा लेखिएको छ।
कोराताला शिवा निर्देशित फिल्ममा जुनियर एनटिआरसँगै जान्हवी कपूर, सैफ अली खान, श्रुति मराठे, प्रकाश राज, श्रीकान्तलगायत कलाकारको अभिनय छ। यो फिल्म सेक्टेम्बर २७ देखि प्रदर्शन हुनेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२३ भदौ २०८१ ५:५५
दयाहाङ र मिरूना अभिनीत फिल्म ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङमा
२३ भदौ २०८१ ८:३०
बलिउड अभिनेत्री दीपिका बनिन् आमा
२५ भदौ २०८१ ६:३२