पिएसजी एसके स्ट्रम ग्रजसँग बराबरीमा
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मैत्रीपूर्ण खेलमा बुधबार अस्ट्रियाको एसके स्ट्रम ग्रजसँग बराबरीमा रोकिएको छ । पिएसजी र ग्रजले २-२ गोलको बराबरी खेले । पीएसजीका लागि लागि इब्राहिम एमबायी र कार्लोस सोलरले गोल गरे । उता, स्ट्रम ग्रजका लागि एम्डी कामारा र ओटर काइटिशभिलीले गोल गरे ।
खेलको नवौं मिनेटमा एमबायीको गोलमार्फत पिएसजीलाई अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा सोलरले गोल गर्दै अग्रता दोब्बर बनाए । ग्रजका लागि कामाराले १५ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । ४३ औं मिनेटमा काइटिशभिली गोल गर्दा ग्रज २-२ को बराबरीमा आयो । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००