दाङमा खोलाले अटो बगाउँदा दुईजना बेपता
काठमाडौं । दाङमा खोलाले यात्रु बोकेको अटो बगाएको छ। मानिससहित र अटो बगाउँदा २ जना बेपत्ता भएको एकजनाको उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको बेतनी खोला र ७ मा रहेको रानीघाट खोला (कालाखोला) ले दुई वटा अटो बगाएको हो। शुक्रबार परेको अविरल वर्षाका कारण आएको खोलाले यात्रु बोकेको अटो बगाउँदा अटोमा सवार केही मानिस खोलामा बेपत्ता रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका–४ बेतनी खोलाले तुलसीपुरबाट खाद्रे जादै गरेको रा १ ह ४०५५न. को (५ जना सवार अटो) लाई खोलाले बगाएको प्रहरीले जनाएको छ। बगाएको अटो र त्यसमा सवारको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए। (तस्बिरःसांकेतिक)
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १३:२४
एक तोला सुनको मूल्य दुई लाख नजिक
९ वैशाख २०८२ १७:१७