कमला ह्यारिसले राष्ट्रपतीय चुनावमा उम्मेदवारी घोषणा गरिन्
काठमाडौं । कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें,’ उनले लेखेकी छन्, ‘म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु । नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ।’
ह्यारिसको उम्मेदवारीलाई पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि समर्थन गरेका छन् । अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेकोले आगामी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९