मुखमा कालो टेप टाँसेर रास्वपाका महामन्त्री ढकाल बैठकमा सहभागी
काठमाडौं । रास्वपा महामन्त्री मुलुक ढकाल मुखमा टेप टाँसेर केन्द्रीय समिति बैठकमा विरोध जनाएका छन् । बैठकलाई लाइभ नगरेको भन्दै ढकालले सांकेतिक विरोधसहित मुखमा टेप टासेका हुन् । उनले केन्द्रीय समितिको बैठक सबैले थाहा पाउने गरि लाइभ हुनुपर्ने माग गर्दै आएका थिए ।
उनले केही समय अघि ३२ पृष्ठको समीक्षा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए । जारी बैठकमा उनै ढकालले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेको बताइएको छ । महामन्त्री ढकालले पार्टीमा देखिएको शैलीको गम्भीर चित्रण गर्दै समीक्षा नगरे पार्टीको भविष्य नरहने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
त्यस्तै ढकालको प्रतिवेदनमा एमाले र माओवादी केन्द्रसँग नभई बालेन साहसँग नजिक रहनु पर्ने तर्क गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१९