प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदीय प्रक्रियाबाटै अघि बढ्ने निर्णय

भक्तपुर न्यूज

१८ असार २०८१ ६:२४

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदीय प्रक्रियाबाटै अघि बढ्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन्। आज बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहालले राजीनामा नदिने निष्कर्ष निकालेको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो र आजपनि भेटेर दाहालले राजीनामा दिई आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। तर पदाधिकारी बैठकमा नयाँ गठबन्धनको सरकारलाई विश्वासको मत नदिएर संसदीय प्रक्रियाबाटै अगि बढ्ने निर्णय भएको माओवादी सचिव दिनानाथ शर्मालेले जानकारी दिए।

शर्माका अनुसार अब विश्वासको मतबाटै हट्ने निर्णय माओवादीले गरेको हो। साथै उनले मध्यरातमा दुई ठूला दलहरूबीच भएको संविधान संशोधनको विषयलाई ‘पश्चगामी कदम’ को संज्ञा दिएका छन् ।

“मध्यरातमा संविधान संशोधन गर्ने भन्ने कुरा त पश्चगामीहरूले गर्ने हो, प्रतिगामीहरूले गर्ने हो । संविधानमार्फत प्राप्त भएका उपलब्धिहरू जनताबाट खोसिनु हुँदैन ।”

माओवादी केन्द्रकै अर्का एक नेता सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानबाट डराएर दुई ठूला दलहरू मिलेको आरोप लगाउँछन् । ती नेताको विश्लेषणमा एमाले-कांग्रेसले प्रकरण साटेका छन् ।

“भुटानी शरणार्थी प्रकरणमा बूढानीलकण्ठ तानिएको र गिरीबन्धु टी-स्टेटमा बालकोट तानिने पक्कापक्की भइसकेपछि एमाले-कांग्रेसबीच सहमति भयो, यो प्रष्टै देखिन्छ,” ती नेताले भने ।

प्रकाशित मितिः २०८१ असार १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *