आफूले सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरूलाई संसदमा नदेखेपछि प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सम्बोधन गर्ने दिन आफूले सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरूलाई संसदमा नदेखेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । प्रश्नोत्तर कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले सम्बोधन गर्ने क्रममा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएपछि असन्तुष्टि प्रकट गरेका हुन् ।
विगतमा प्रधानमन्त्री बोल्ने बेला संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासहित सत्ताघटक दलका शीर्ष नेता पनि उपस्थित हुने परम्परा थियो । तर, आज यस्तो देखिएन । शीर्ष नेता र विभिन्न दलका सांसदहरू पनि अनुपस्थित रहँदा प्रधानमन्त्री बोलेका बेला सदनका केही कुर्सी खाली थिए ।
संसदमा धेरै सांसद अनुपस्थित हुनुलाई उनले प्रधानमन्त्रीको अवमूल्यन हो कि भन्ने आशंका पनि गरे ।
प्रकाशित मितिः २०८१ असार ०६ बिहीबार