जीवी राई मलेसियामा रहेको गृहमन्त्रीको दाबी
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जीवी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् ।
चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै सहकारी ठगी प्रकरणका मुख्य आरोपी राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरेका हुन् ।
आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको बताउँदै उनले त्यहाँका गृहमन्त्रीले फरार जीवी राईको लोकेसन कन्फर्म गरिसकेको उल्लेख गरे । उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘लोकेसन पत्ता लागिसक्यो । उनलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको हो, कोसिस जारी छ ।’
प्रकाशित मितिः २०८१ असार ०६ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३२
एक नेपालीसहित २८ जनाको निर्मम हत्या
११ वैशाख २०८२ १५:२०