भक्तपुरको मनोहरामा देखियो ‘लेसर ग्रे स्राइक’ जातको चरा

भक्तपुर न्यूज

६ असार २०८१ ५:३६

भक्तपुरको मनोहरामा देखियो ‘लेसर ग्रे स्राइक’ जातको चरा

काठमाडौं । गर्मी क्षेत्रमा मात्रै पाइने ‘लेसर ग्रे स्राइक’ नामक चरा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ असार लागेपछि भक्तपुरको मनोहरामा देखिएको हो ।

मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौं उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको पन्छी पथ प्रदर्शक शंकर तिवारीले जानकारी दिए ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देखेका थिए ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा यो चरा पाइने गरेको थियो ।

प्रकाशित मितिः २०८१ असार ०६ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *