मिडिया काउन्सिलको नाम ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव
काठमाडौं । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् ।
राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीसहित १३ जना सांसदले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका हुन् ।
‘मिडिया काउन्सिल ऐन २०८०’ भन्ने शब्दहरूको सट्टा ‘सञ्चार परिषद् ऐन २०८१’ भन्ने शब्दहरू राख्ने’ सांसदहरूको संशोधन प्रस्ताव छ । यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १२ वैशाख २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् । प्रस्तावित विधेयकमा सांसदहरूका ७८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
प्रकाशित मितिः २०८१ असार ०३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२