नेपाली सेनाको भद्रकालीस्थित रुपुमर्दिनी पेट्रोल पम्पमा पनि इन्धनको अभाव

भक्तपुर न्यूज

३ असार २०८१ ७:४६

नेपाली सेनाको भद्रकालीस्थित रुपुमर्दिनी पेट्रोल पम्पमा पनि इन्धनको अभाव

काठमाडौं । नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको रुपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ । भद्रकालीको पम्पमा पेट्रोल/डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्प समेत बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु झन् समस्यामा परेका छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् । अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो ।

सीमित पेट्रोल पम्पहरु खुल्दा दुई पांग्रे र चार पांग्रे सवारी साधनहरुको लामो लाइन लागेको छ । भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प अगाडि पनि सवारी साधनहरुको लामो लाइन लागेको थियो ।

प्रकाशित मितिः २०८१ असार ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *