नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
आईतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिए।
उनले रोजगारमुलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे। उपसभापति वाग्लेले भने,‘यसपाली फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्वपूर्ण अंश, जुन अलिखित छ-नयाँ चरणको आर्थिक सुधार। त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो। त्यसमा लगानी पुगेको छैन। लागत घटाउनु प¥यो र आर्थिक सुशासनमा ध्यान दिनुप¥यो। क्लाईमेट फाईनान्स ने अवको विकास फाईनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ।’
उपसभापति वाग्लेले क्लाईमेट फाईनान्स नै अबको विकास फाईनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने बताए।
प्रकाशित मितिः २०८१ असार ०२ आइतबार