मनकामना केबुलकार असार ३१ गतेदेखि ५० दिनका लागि बन्द हुने

भक्तपुर न्यूज

२ असार २०८१ ५:१६

मनकामना केबुलकार असार ३१ गतेदेखि ५० दिनका लागि बन्द हुने

काठमाडौं । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि ५० दिनसम्मका लागि सेवा बन्द हुने जनाएको हो ।

प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए । सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।

प्रकाशित मितिः २०८१ असार ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *