काठमाडौं महानगरको नगरसभाको दोस्रो बैठक १० गते सम्मका लागि स्थगित

भक्तपुर न्यूज

२ असार २०८१ ५:०४

काठमाडौं महानगरको नगरसभाको दोस्रो बैठक १० गते सम्मका लागि स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिको १५ औं नगरसभाका दोस्रो बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ । मेयर बालेन साहले बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएकाे जानकारी दिएका छन् ।

मेयर साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए ।

कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो । नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए ।

प्रकाशित मितिः २०८१ असार ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *