संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गर्छौं : बालेन शाह

भक्तपुर न्यूज

३२ जेठ २०८१ ११:४४

संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गर्छौं : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् ।

काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् ।

उनले काठमाडौं महानगरलाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त शहर बनाइने बताए । उनले आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरे ।

स्थानीय तहले १० असारभित्र आगामी आवको बजेट ल्याइसक्नुपर्छ । सोही सिलसिलामा काठमाडौं महानगरले शुक्रबार नीति तथा कार्यक्रम ल्याएको हो ।

प्रकाशित मितिः २०८१ जेठ ३२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *