मालावीका उपराष्ट्रपतिसहित १० जनाकाे विमान दुर्घटनामा निधन
काठमाडौं । मालावीका उपराष्ट्रपति साउलोस चिलिमाकाे विमान दुर्घटनामा निधन भएकाे छ । उपराष्ट्रपति चिलिमा र अन्य नौजना सवार सेनाको विमान बेपत्ता भएको थियो । सोमबार बिहान राजधानी लिलोङ्वे स्थित विमानस्थलबाट उडेको केही बेरपछि मलावी डिफेन्स फोर्सको सो विमान सम्पर्कविहीन भएको थियो ।
बेपत्ता विमान भेटिएको र विमानमा सवार कोही पनि जीवित नभेटिएको प्रधानमन्त्री लाजारुस चक्वेराले जानकारी दिएका हुन् । चिलिमा सन् २०१४ देखि मालावीको उप–राष्ट्रपति थिए । ५१ वर्षिय चिलिमा चार दिनअघि निधन भएका सरकारका पूर्वमन्त्री राल्फ कासाम्बाराको अन्त्येष्टिमा सहभागी हुन जाँदै थिए ।
सो विमानमा पूर्वफर्स्ट लेडी शानिल दिजिम्बिरी पनि सवार थिइन् । विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट उडेको थियो । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री चक्वेराले उद्धार टोलीले विमान पूरै ध्वस्त अवस्थामा फेला पारेको बताए ।
प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार