राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेका हुन् ।
राष्ट्रपति पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्नेछन् त्यसको भोलिपल्ट ३१ ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्नेछन् ।
असार १ गते उनले जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते त्यहाँका राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिका छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किनेछन् ।
प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००