मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन उनी भारत लागेका हुन् ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहितको टोली सहभागी भएका छन् । मोदीले आज साँझ ७ बजे तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् ।
राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।
प्रकाशित मितिः २०८१ जेठ २७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००