गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने
काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।
पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ ।
पाण्डे यसैको छलफलका लागि बिहीबार काठमाडौं पुगेका थिए । विश्वासको मत पाउने सम्भावना देखेपछि उनले बजेटअघि नै संसद् फेस गर्न लागेका उनीनिकट स्रोतले बताए ।
प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००