बालेनप्रति ओलीको कटाक्ष : भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग हुन्छ

भक्तपुर न्यूज

२५ जेठ २०८१ ९:१७

बालेनप्रति ओलीको कटाक्ष : भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग हुन्छ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन साहलाई झिँगाको संज्ञा दिएका छन् ।

गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफूमाथि आरोप लगाएपछि त्यसको जवाफ दिँदै ओलीले बालेनलाई झिँगाको संज्ञा दिएका हुन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा ओलीले कसैसँग आफूले अनावश्यक विवादमा गर्न नचाहेको बताए ।

‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो ? त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर’, मेयर बालेनलाई लक्षित गर्दै ओलीले भने, ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ ।’

मेयर साहले केही दिनअघि मात्रै गिरीबन्धु प्रकरणको घोटालामा ओलीले १० हजार करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएका थिए ।

‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढङ्गले जोड्नु व्यर्थ छ’, ओलीले थपे ।

प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *