सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

भक्तपुर न्यूज

२५ जेठ २०८१ ७:३८

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना, दुरुपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ । सिंहदबारमा दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् ।

सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ । समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ ।

समितिका सभापति एमालेका सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *