गृहमन्त्रीले आफूविरुद्धका समाचार दबाउन नमान्दा सिरोहियालाई पक्राउ गरिएको छोरा सम्भवको दाबी

भक्तपुर न्यूज

२५ जेठ २०८१ ६:४३

गृहमन्त्रीले आफूविरुद्धका समाचार दबाउन नमान्दा सिरोहियालाई पक्राउ गरिएको छोरा सम्भवको दाबी

काठमाडौं । कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफ्नो बुबा समेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई नागरिकताको विषयमा झुटो मुद्दामा पक्राउ गरिएको बताएका छन् ।

उनले सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेख्न थालेपछि समाचार फलोअप नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले अनुरोध गरेको दाबी गरेका हुन् ।

लामिछानेको अनुरोधलाई आफुहरुले नमानेकोले नै प्रतिशोधका आधारमा उनले आफ्ना पितासमेत रहेका ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको दाबी गरेको छ । लामिछानेले रिसिबी साध्न अध्यक्षलाई झुटो आरोपमा फसाएको सम्भवको दाबी छ ।

उनको भिडियो सन्देशमा कान्तिपुरले गरेका कामको प्रचारसँगै लामिछानेका विषयमा सबै भन्दा बढी समय खर्चिएको छ । उनले जारी गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही समय मत्थर देखिएको यो प्रकरण फेरि सतहमा आएको छ । उनले जारी गरेको भिडियोमा कमेन्ट सेक्सन अफ गरिएपनि पक्ष विपक्षमा बहस हुन थालेको छ ।

प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *