सहकारीका बचतकर्तालाई तत्काल ५ लाख फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

भक्तपुर न्यूज

१६ जेठ २०८१ ९:१२

सहकारीका बचतकर्तालाई तत्काल ५ लाख फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउदै अहिले कोही पनि सहकारीका कारण निरुत्साहित हुनु नपर्ने पनि दाबी गरे ।

सहकारीका सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पत्तिको धितोबाट ५ ५ लाख रुपैयाँ भए पनि फिर्ता गर्नतर्फ आफूहरु लागेको मन्त्री पुनले बताए ।

प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *