प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन

भक्तपुर न्यूज

१५ जेठ २०८१ ११:४१

प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ । छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको घोषणा गरिएको सरकारले जनाएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने बताए । सरकारले महिलाको आवश्यकता, चुनौती र अवसरबारे छलफल गर्न आगामी आर्थिक वर्षमा युवा महिला राष्ट्रिय सम्मेलन गर्ने योजना तय गरेको छ ।

मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाउने पनि बताए ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *