सार्वजनिक निर्माण कार्यमा रोजगारी प्रदान गर्न ६ अर्ब बजेट विनियोजन

भक्तपुर न्यूज

१५ जेठ २०८१ १०:४९

सार्वजनिक निर्माण कार्यमा रोजगारी प्रदान गर्न ६ अर्ब बजेट विनियोजन

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते सङ्घीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् । सो अवसरमा सदनमा सांसदहरूको उपस्थिति सघन रहेको छ । यसअघि सदन बैठकमा सांसदहरूको उपस्थिति पातलो गरी रहँदै आएको थियो । यसैबीच सरकारले आगामी आर्थिक वर्षमा दुई लाखलाई न्यूनतम रोजगारी प्रदान गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सार्वजनिक निर्माण कार्यमा लगाउनका लागि दुई लाखलाई न्यूनतम १०० दिनको लागि रोजगारी प्रदान गरिने बताए । जसका लागि ६ अर्ब बजेट विनियोजन भएको हो । सरकारले पर्यटन पूर्वाधार विकासको लागि पाँच अर्ब ४६ करोड विनियोजन गरेको छ । नेपालमा विवाहका लागि आउने पर्यटकलाई सहजिकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने र जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *