अमेरिकामा आँधीबाट २३ मानिसको मृत्यु, तीन लाख मानिस विद्युत्विहीन
काठमाडौं । टोर्नाडो र आँधीबेहरीले अमेरिकाका विभिन्न सात राज्यका तीन लाख मानिस विद्युत्विहीन भएका छन् । अघिल्लो साताको अन्त्यमा मध्य अमेरिकाका ती राज्यमा २३ मानिसको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति समेत भएको थियो ।
मौसम पूर्वानुमानकर्ताका अनुसार मौसमको ठूलो जोखिम पूर्व तर्फ विस्तार भएको छ । अब अलाबामा र न्युयोर्कतर्फ सो क्रम बढ्ने संकेत पाइएको छ । इस्टकोस्टमा मंगलबार बिहान भारी वर्षा हुने अपेक्षा गरिएको छ । जसमा न्युयोर्कका विभिन्न भाग, पेन्सिलभानिया, न्युजर्सी, मेरील्यान्ड लगायतका छन् ।
यस्तै, टेक्सासमा पनि गम्भीर आँधीबेहरी विकसित हुन सक्ने जनाइएको छ । अमेरिकाको दक्षिणी भागमा तापक्रम बढ्ने जनाइएको छ । बीबीसी
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५