अमेरिकामा आँधीबाट २३ मानिसको मृत्यु, तीन लाख मानिस विद्युत्‌विहीन

भक्तपुर न्यूज

१५ जेठ २०८१ ९:०६

अमेरिकामा आँधीबाट २३ मानिसको मृत्यु, तीन लाख मानिस विद्युत्‌विहीन

काठमाडौं । टोर्नाडो र आँधीबेहरीले अमेरिकाका विभिन्न सात राज्यका तीन लाख मानिस विद्युत्‌विहीन भएका छन् । अघिल्लो साताको अन्त्यमा मध्य अमेरिकाका ती राज्यमा २३ मानिसको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति समेत भएको थियो ।

मौसम पूर्वानुमानकर्ताका अनुसार मौसमको ठूलो जोखिम पूर्व तर्फ विस्तार भएको छ । अब अलाबामा र न्युयोर्कतर्फ सो क्रम बढ्ने संकेत पाइएको छ । इस्टकोस्टमा मंगलबार बिहान भारी वर्षा हुने अपेक्षा गरिएको छ । जसमा न्युयोर्कका विभिन्न भाग, पेन्सिलभानिया, न्युजर्सी, मेरील्यान्ड लगायतका छन् ।

यस्तै, टेक्सासमा पनि गम्भीर आँधीबेहरी विकसित हुन सक्ने जनाइएको छ । अमेरिकाको दक्षिणी भागमा तापक्रम बढ्ने जनाइएको छ । बीबीसी

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *