आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

भक्तपुर न्यूज

७ माघ २०८० ५:०१

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानहरुरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मितिः २०८० माघ ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *