एसिया कप क्रिकेट : श्रीलंका ५० रनमै अल आउट
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक श्रीलंका ५० रनमै अल आउट भएको छ । कोलम्बोको आर प्रमादासा रंगशालामा जारी खेलमा श्रीलंका १५ ओभर २ बलमा अल आउट भएको हो ।
भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १२ रन बनाउँदा ५ विकेट गुमाएको थियो । खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशन हेमन्थाले १३ रन जोडे । श्रीलंकाका अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद सिराजले ६ तथा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
प्रकाशित मितिः २०८० भदौ ३१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १०:५३