‘गरी खान देऊ’ भन्दै काठमाडौं महानगरविरुद्ध आन्दोलनमा उत्रिए फुटपाथ व्यवसायी

भक्तपुर न्यूज

३ भदौ २०८० १०:३९

‘गरी खान देऊ’ भन्दै काठमाडौं महानगरविरुद्ध आन्दोलनमा उत्रिए फुटपाथ व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाको कदमविरुद्ध आइतबार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेला गाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरू र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरूलाई गरि खान नदिएको बताए ।

उनले गैर कानुनी रूपमा व्यवसायीहरूले सामान महानगरले खोसेको भन्दै कानुनी रूपमा नै उनीहरूको समुचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले सडक व्यापारलाई कानुनले रोकेको अवस्था नरहेको बताए । महानगरले गैर कानुनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाएका छन् ।

व्यवसायीहरूले सहर सबैका लागि की धनीका लागि मात्रै ? गरी खान देऊ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् ।

प्रकाशित मितिः २०८० भदौ ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *