पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
महाशाखाले शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२