नगर प्रहरीकाे ज्यादतीविरुद्ध काठमाडौँ महानगर अगाडि प्रदर्शन

भक्तपुर न्यूज

१३ साउन २०८० १२:५४

नगर प्रहरीकाे ज्यादतीविरुद्ध काठमाडौँ महानगर अगाडि प्रदर्शन

काठमाडौं । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

आफूहरूलाई गरि खान नदिएको र नगर प्रहरीहरूले चरम ज्यादती गरेको भन्दै साना व्यापारीले भृकुटीमण्डपस्थित महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरूलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूले जनाएका छन् । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरि खान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरूले बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मितिः २०८० साउन १३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *