ललिता निवास प्रकरण : सचिव राउत थुनामुक्त ,मीनबहादुरसहित ४ जनाको रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा थुनामा रहेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई भने रिहा गर्न अस्वीकार गरेको छ । सचिव राउत देशबाहिर जान नपाउने गरी तारेखमा राख्न न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आदेश दिएको हो ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रबार शाह र गुरुङलगायतलाई रिहा गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हो ।
सञ्चार मन्त्रालयका सचिव राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । भाटभटेनीका सञ्चालक गुरुङलाई असार १२ गते पक्राउ गरिएको थियो । साथै गुरुङ, शाहसहित १७ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) पक्राउ गरेर हिरासतमा राखेको छ ।
प्रकाशित मितिः २०८० साउन ०५ शुक्रबार