एसइई को नतिजा आज दिउँसो सार्वजनिक

भक्तपुर न्यूज

११ साउन २०७९ ५:१२

एसइई को नतिजा आज दिउँसो सार्वजनिक

भक्तपुर ।  माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बुधबार दिउँसो सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु पुन : जाँच गर्ने काम भइरहेकाले केही ढिला भएको उनले बताए ।

 कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ । एसइईको नतिजा विभिन्न वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः २०७९ साउन ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *