कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

भक्तपुर न्यूज

१६ जेठ २०७९ १:५४

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

४ लाख १५ परीक्षार्थी सहभागी हुने र १२ सय ९२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । परीक्षा आज बिहान ८ बजेदेखि सुरु भई जेठ २५ गते सकिने छ ।

त्यसैगरी देशभर एक हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको छ । बोर्डका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने छ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

साथै कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले आजदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

प्रकाशित मितिः २०७९ जेठ १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *