कोरियन भाषा परीक्षा यस वर्ष तीन सिफ्टमा हुने

भक्तपुर न्यूज

१४ जेठ २०७९ ३:४७

कोरियन भाषा परीक्षा यस वर्ष तीन सिफ्टमा हुने

काठमाडौं ।  यस वर्ष कोरियन भाषा परीक्षा (ईपीएस)१९ जेठदेखि ३ असारसम्म सञ्चालन हुने भएको छ । वैशाख २६ गते सञ्चालन हुने भनिएको परीक्षा स्थानीय तह निर्वाचनका कारण स्थगित भएको थियो । यस पटक परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परीक्षामा उर्तिणमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ कम्पनीहरूमा गरी ९ हजार ५ सय १३ नेपालीहरूलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो ।

वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरिया जान ४३ हजारभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन सकेन ।

प्रकाशित मितिः २०७९ जेठ १४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *