कोभिड-१९ का कारण स्थगित परीक्षाहरू फागुनमा गर्ने त्रिविको तयारी
काठमाडौं । कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए ।
उनले भने, ‘छलफल भइरहेको छ । बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौं ।’ आइतबार कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने उनले बताए ।
कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।
प्रकाशित मितिः २०७८ माघ १६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९