एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने बोर्डको तयारी

भक्तपुर न्यूज

९ माघ २०७८ ७:२३

एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

त्यसका लागि परीक्षा तालिका केही दिनमा सार्वजनिक गरिने उनले बताए । साथै कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरिएको समेत बताए । उनले एसईई बैशाखमा र १२ कक्षाको परीक्षा जेठमा हुने भन्दै तयारीमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए । यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।

वैशाख महिनामा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनको भनाई छ । त्यस्तै बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको अध्यक्ष शर्माले बताए ।

प्रकाशित मितिः २०७८ माघ ०९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *