‘मुलुकी अपराध संहिता : एक टिप्पणी’ पुस्तक सार्वजनिक

भक्तपुर न्यूज

२६ साउन २०७७ ११:४४

‘मुलुकी अपराध संहिता : एक टिप्पणी’ पुस्तक सार्वजनिक

काठमाडौं । मुलुकी फौजदारी संहिताको ब्याख्यात्मक टिप्‍पणीसहितको पुस्तक ‘मूलुकी अपराध संहिता : एक टिप्पणी’ सोमबार विमोचन भएको छ । विष्णुप्रसाद पाण्डेयद्वारा लिखित उक्त पुस्तक सोमबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा मुख्य रजिस्टार नृपध्वज निरौलाले सार्वजनिक गरे ।

विमोचन कार्यक्रममा निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशले पनि राष्ट्रको कानुनमा समायानुकुल परिवर्तन गर्नुपर्ने बताए । यो पुस्तक २०७५ भदौदेखि लागू भएको मुलुकी फौजदारी संहितालगायतका कानुनमा भएका प्रबन्धमाथिको टिप्पणी भएकाले सान्दर्भिक रहेको उनको भनाइ छ ।

बिमोचित पुस्तकमाथि टिप्पणी गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय फौजादारी संहिताको सैद्धान्तिक बिषय, संहिताको व्यवस्था, संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतले गरेको व्याख्यासम्म उल्लेख भएकाले कानुन बुझ्न चाहनेका लगि उपयोगी पुस्तक रहेको बताए ।

अधिवक्ता डा। दीनमणि पोखरेलले मूलुकी फौजदारी संहिताको अवधारणा, व्यवस्था र व्याख्यासहितको पुस्तक प्रकाशन भएकाले कानुन व्यवसायीका लागि अत्यन्तै उपयोगी रहेको बताए ।लेखक पाण्डेय सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् ।

प्रकाशित मितिः २०७७ साउन २६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *