काठमाडौंका २ सहित ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

भक्तपुर न्यूज

२६ साउन २०७७ ११:१२

काठमाडौंका २ सहित ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आज सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा २ जना, बाँकेमा १ जना र पर्सामा १ जनाको मृत्यु भएको जानकारी दिए।

बाँकेको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया महिलाको हिजो मृत्यु भएको छ। उनी उच्च रक्तचाप र पारालाइसीसको बिरामी भएको एवम् मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताए।

त्यसैगरी पर्साको बेदियाही गाउँपालिकाकी ४५ वर्षीया महिलाकोवीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको हिजो मृत्यु भएको छ । उनमा पनि मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

प्रवक्ता डा। गौतमका अनुसार आज काठमाडौंको काठमाडौं मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ। उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ।

आज नै कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी मिर्गौलाको बिरामी रहेको बताइएको छ।योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।

प्रकाशित मितिः २०७७ साउन २६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *