भक्तपुरका ४ सहित काठमाडाैं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका १२ जना र ललितपुरका एक जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका छ जना संक्रमित थपिएका उनले बताए । नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १, ललितपुर १ र काठमाडौंमा ८ जना कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।
त्यस्तै स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा आठ जना, ललितपुरमा दुई जना र भक्तपुरका ३ जना संक्रमित थपिएका छन् । बिध ल्याबमा काठमाडौंका एक जना र ह्याम्स अस्पतालमा एक जना कोरोना संक्रमित थपिएका छ । पछिल्लो २४ घण्टामा देशैभर ३३८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार