पछिल्लो २४ घण्टामा थपिए ३३८ जना कोरोना संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको छ ।
सोमबारसम्म १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ५२ हजार २३६ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ १५:२०
आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीको अवरोध
१० वैशाख २०८२ ७:३२